काठमाडौँ — नेपालमा कछुवा प्रजातिहरु बढी मात्रामा चोरी सिकारी हुने
गरेको अनुसन्धानकर्मीहरुले बताएका छन् । बेचविखन तथा उपभोगका लागि यो
प्रजाति नेपालमा उपयोग हुने गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका
छन् ।
कछुवा
दिवस २०२० को अवसर पारेर क्यारोन नेपाल र वातावरण अध्ययन तथा संरक्षण
केन्द्रद्वारा आयोजित कार्यक्रममा विज्ञहरुले नेपालमा पाइने सबै १६
प्रजातिका कछुवाहरु संकटमा रहेपनि त्यसको संरक्षणमा पर्याप्त ध्यान नपुगेको
उभयचर एवं सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहले बताए । उनले यो
प्रजातिको जीव नेपालमा विभिन्न बहानामा मारिने तथा ओसारपसार हुने गरेकाले
ध्यान दिनुपर्ने बताए ।
अनलाइन प्लटेफर्ममा मार्फत आयोजित उक्त
कार्यक्रममा क्यारोनका संस्थापक एवं उभयचर अध्येता प्रकाशचन्द्र अर्यालले
कछुवा नेपालका तराई क्षेत्रमा मात्रै पाइने र यो जीव मानिसहरुले खाने
गरेकाले पनि संरक्षणमा चुनौती आएको बताए । उनले राज्यले यसतर्फ ध्यान दिन
नसकेको बताए । कछुवा प्रजातिहरु खुलेआम विक्री वितरण तथा घरमा पालिदा समेत
राज्य मौन रहेको उनको भनाइ छ ।
अनुसन्धानकर्मीहरुले
कछुवाको संरक्षण र अध्ययनमा सरोकारवाहरुले ध्यान नदिएको पनि बताएका छन् ।
उनीहरुले कछुवाको अनुसन्धानमा गर्दा विविध कठिनाईहरु आउने र त्यसका लागि
सरोकारवालाहरुले चासो र सम्बोधन नदेखिएको बताए । नेपालमा ठूला प्रजातिका
जीवहरुको अनुसन्धानमा प्राथमिकता दिँदा साना प्रजातिहरुका अनुसन्धान
नभइरहेको उनीहरुको भनाइ छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारणले
पनि कछुवाको बासस्थान मासिदै गएको अनुसन्धानकर्ताहरुको भनाइ छ । सन् २०१०
नेपालमा पाइने कछुवाहरुको अध्ययनमा संलग्ने रहेका त्रिविका केन्द्रीय
वातावरण विज्ञानका उपप्राध्यापक मनकुमार धमलाले भने,‘जलवायु परिवर्तनसँगै
प्लाष्टिकजन्य फोहोरहरुले कछुवा प्रजातिको बासस्थान र अस्तित्व संकटमा
पर्दै गएको देखिन्छ ।’
नेपालमा १६ प्रजाति र १७ उपप्रजातिका
कछुवाहरु पाइने भएतापनि केही प्रजातिहरु देखिएका छैनन् । पहिलो पटक सन्
१९९५मा भेटिएको इन्डियन आइड टर्टल प्रजातिको कछुवा २००८मा गरिएको
सर्वेक्षणमा अनुसन्धानकर्मीहरुले भेटाएका थिएनन् । स्थानीयस्तरमा प्राकृतिक
पोखरी तथा जलाशय क्षेत्र अतिक्रमण र सुख्न थालेपछि ती प्रजातिहरु
हराइरहेको वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अध्येता चन्द्रमणि
अर्यालले बताए ।
यस्तै, नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु
संरक्षण ऐनले वन्यजन्तुको ओसारपसारर बेचबिखनमा रोक लगाएपनि राजधानीमै
कछुवाहरु बिक्री वितरण भइरहको अनुसन्धानकर्मीहरुको भनाइ छ । कछुवाको विक्री
वितरणसम्बन्धी अनुसन्धान गर्दै आएका सन्देश न्यौपाने भने,‘काठमाडौंमा
मात्रै वार्षिक रुपमा २६ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको कछुवा बिक्रीसँग
सम्बन्धित कारोबार हुनछ ।’
यस्ता, कछुवाहरु कोसी टप्पु वन्यजन्तु
आरक्ष छेउछाउबाट समेत तस्करी हुने गरेको अध्येताहरुको भनाइ छ । नेपालमा
थाइलेन्डबाट रातो काने कछुवा प्रजातिहरु बिक्रीका लागि आउने गरेको
अनुसन्धानकर्मीहरुको भनाइ छ ।
कोभिड–१९ को माहामारीको मौका छोपेर
सामुदायिक एवं राष्ट्रिय वन क्षेत्रहरुमा पनि चोरी सिकारी बढेकाले त्यसतर्फ
ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन् ।
इलंगेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) । तस्बिरः आरको नेपाल ।
No comments:
Post a Comment