काठमाडौँ — छद्म विज्ञान,अनुमान र अन्धविश्वास जस्ता हानिकारक
सामाचारलाई निरुत्साहित गर्न विज्ञान सम्मत सूचनाहरुलाई सशक्त बनाउने
निर्णय गर्दै कोभिड–१९ विरुद्ध युवा वैज्ञानिक नेपालद्वारा आयोजित प्रथम
राष्ट्रिय इ–कन्फ्रेन्स सम्पन्न भएको छ ।
सम्मेलनले
विज्ञान स्यवंसेवकहरुबाट सञ्चालन भइरहेका प्रयासहरुलाई वृद्धि गर्ने, हाल
सञ्चालित कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउँदै स्थानीयस्तरसम्म विज्ञान
सम्मत सञ्चार पुर्याउने निष्कर्श निकालेको छ ।
मुलुकभरका युवा
वैज्ञानिकहरुको भएको राष्ट्रिय इ–भेलाले महाव्याधीबाट सिर्जित समस्यासँग
अभ्यस्त हुँदै नवप्रवर्तनमुखी सिर्जनाशील र सहयोगी हुने खालका कार्यहरु
गर्नुपर्ने समेत निष्कर्ष निकालेको युवा वैज्ञानिक सञ्जालका संयोजक डा.
दिनेश न्यौपानेले बताए ।
सम्मेलनमा युवा वैज्ञानिकहरुले गरिरहेका
कार्यहरुको अनुभव आदनप्रदान,कोभिड–१९का विविध वातवरणीय अध्ययनको प्रस्तुति
विषयमा केन्द्रीत भएको थियो ।
अहिले
युवा वैज्ञानिक सञ्जाल देशभरका ६५ वटा जिल्ला र सातै वटै प्रदेशमा फैलिएको
छ । उनीहरुले वैज्ञानिक चेतना जागउनका लागि विभिन्न विज्ञान सामग्रीहरुकै
उत्पादन तथा सम्प्र्रेषण गर्ने काम गर्दै आइरहेको नाष्टका प्राडा दीनेशराज
भुजुले बताए ।
सञ्जालमा २ सय भन्दा युवा वैज्ञानिक तथा विज्ञान
स्वंयसेवकहरु आबद्ध छन् । यसमा अधिकांश विज्ञान विषय लिएर कलेज तथा
विश्वविद्यालय तहहरुमा अध्ययनरत विद्यार्थीहरु सामेल छन् ।
सम्मेलनमा
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ मकाजु श्रेष्ठ, शिक्षा
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.सञ्जय शर्मा र पूर्व विज्ञान
मन्त्री गणेश साहले युवा वैज्ञानिकहरुले गरेको कार्यहरुको प्रंशसा गरेका
थिए । यस्तै उनीहरुले विज्ञान सम्मत सूचनालाई सशक्त बनाउन र
नवप्रवर्तनात्मक विषयमा जोड दिनुपर्ने बताएका थिए ।
No comments:
Post a Comment