ताजा अपडेट

Monday, May 10, 2021

कविताः प्यारो दोलखा

 

 

        प्यारो  दोलखा

                                                         डम्बर ब‍हादुर थामी

माथ छ गौरीशंकरको ,काखमा तामाकोशी ।

सक्दैन लान कसैले ,यो मनवाट खोसी ।।

डाँफे र मुनाल चरीहरुनाच्छन् है मृग कस्तुरी ।

मझेरी मै बोलाउँछ पाहुनाआउनु है भनी सुस्तरी ।।

 

उत्तरमा हिमालै हिमालकोक्या राम्रो दन्त लहर।

निल गगन झै वनकुञ्ज ,पल्वित वसन्त वहर।।

जिरीको चिज क्या राम्रोभेडी र चौंरी हेरौंला।

हिमाली सिरेटो वताससँगैमाया र पिरतिले वेरौंला।।

 

अश्रुले जीवन धुनेहरुनयनमा जलन हुनेहरु ।

मुस्कान साट्न आउनुहै सँधैप्रताडित भई ज्युनेहरु।।

शैलुङ चेर्दुङ हनुमन्ते ,दोलखा भिमसेन कालिञ्चोक।

स्वच्छ मनले प्रार्थना गरेमागेको दिन्छ सबैथोक।।

 

पियर पियुस माटोकोपद टेक्दै यो वाटोको।

बढि रहौं प्रगतिपथखाएर कसम माटोको।।

पाउँदिन कुनै सुन्दर चिज ,एक दुई भनेर गन्दा।

म जन्मेको जन्मभूमिप्यारो छ स्वर्ग भन्दा।।

म जन्मेकाे दोलखा प्याराे छ स्वर्ग भन्दा ।।।

 

           समाप्त

No comments:

Post a Comment