नेकपाले राजधानीका ११ स्थानको लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर तोकिएको हो।
कलङ्की क्षेत्रमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल र कोटेश्वरको लागि लीलामणि पोखरेललाई कमाण्डर तोकिएको छ।
यस्तै चाबहिल क्षेत्रमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कको लागि नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई तोकेको छ।
आमहड्तालको पूर्वसन्ध्यामा बुधबार साँझ प्रचण्ड–माधव पक्षले मसाल जुलुस समेत निकालेको छ। काठमाडौंका विभिन्न स्थानमा निकालिएको मसाल जुलुसमा उक्त समूहका सयौं कार्यकर्ता सहभागी थिए।
No comments:
Post a Comment