काठमाडौँ — अतिक्रमित भूमि समेटिएको
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न राष्ट्रिय सभामा पेश गरिएको संविधान
संशोधन प्रस्ताव सर्वसममतिले पारित भएको छ । यसअघि उक्त संविधान संशोधन
विद्येयक प्रतिनिधि सभाबाट पारित भैसकेको छ ।
नेपालको अध्यावधिक नक्सा नेपालको
संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन गरिएको हो ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन
गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभामा ५७
सांसद छन् । ती बाहेक राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ
भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक
राष्ट्रिय सभाबाट पारित गरियोस् भनेर प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय
सभाबाट पारित भएको सूचना प्रतिनिधि सभालाई दिएपछि सभामुख अग्निप्रसाद
सापकोटाले ले प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश
गर्नेछन् ।
No comments:
Post a Comment