काठमाडौँ —
केन्द्रिय तथ्यांक विभागले नेपालको जनसंख्या ३ करोड नाघेको जनाएको छ ।
विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४
पुगेको हाहे । विभागका निर्देशक ढुडिराज लामिछानेले राष्ट्रिय जनगणना २०६८
(सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको बताए ।
अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या
पूर्वानुमान गर्दा शुक्रवारबाट जनसंख्या तीन करोड नाघेको उनले बताए ।
बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ ।
मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण
गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार
सय जनाका दरले यो संख्या बढ्दो छ ।
०६८ को तथ्याङ्कमा नेपालको कुल जनसंख्या २
करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । जनसंख्या वृद्धिदर १ दशमल ३५
प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको
छ । १९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ ।
विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८
गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।
घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म
देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड
५६ लाख ४३ हजार ८ सय ५३ महिला र पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय
१ जना हुने विभागले जनाएको छ ।
No comments:
Post a Comment