मन्त्रालयले सोमबार आयोजना गरेको नियमित
मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय
पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा
शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको
थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या लिएर मृत्यु भएको ८
दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको
छ । यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।

No comments:
Post a Comment