दोलखा, माघ ४
दोलखाको कालिञ्चोक मन्दिर क्षेत्रमा
बिहिबाररातीदेखि लगातार हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण अत्यधिक
चिसो बढे पनि कालिञ्चोकको कुरी क्षेत्रमा झण्डै चार हजार पर्यटक रमाईरहेको
सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।
तीन हजार आठ सय ४२ मीटरको उचाईमा रहेको
कालिञ्चोकमा पुषदेखि चैत्रसम्म अत्याधिक हिमपात हुने भएकोले लाखौँ पर्यटक
पुग्ने गरेका छन् । कालिञ्चोकको कुरी क्षेत्रमा रहेका ५० भन्दा बढी साना
तथा ठूला होटलहरु बिहिबार दिउँसोदेखि नै भरीएको ओलीले बताउनुभयो ।
शुक्रबार र शनिबार त्यसै पनि मानिसहरुको
उपस्थिति उल्लेख्य हुने गरेकोमा हिमपात भएपछि कुरीका कुनै पनि होटलहरु खाली
नहुने स्थानीय बताउछन् । महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेको
कालिञ्चोकको चुचुराबाट हिमश्रृङ्खला र हिउँले ढाकिएको सुन्दर पहाडहरु
देखिने भएकोले हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेको होटल
व्यवसायीहरुको भनाई छ ।
कालिञ्चोक र कुरी क्षेत्र आसपास झण्डै चार
फिट हिउँ जमिसकेको स्थानीय बताउछन् । काठमाडौँबाट चरिकोट एक सय ३३
किलोमीटर र चरिकोटबाट कालिञ्चोक १७ किलोमीटरको दूरीमा रहेको छ ।
काठमाडौँबाट नजिक तर रोमाञ्चक हिम पहाडले ढाकिने स्थान भएकोले पनि
कालिञ्चोकमा हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेका छन् ।
हिमपातका कारण चरिकोटबाट गैरीसम्ममात्र
यातायात सञ्चालन भएको र गैरीबाट चेन भएका केही बोलेरोले मानिस ओसारी रहेको छ
। लामोसाँगु जिरी सडकखण्डमा पर्ने दोलखाको खरीढुङ्गा क्षेत्रमा पनि
शुक्रबार बिहानैदेखि हिमपात भइरहेको भएपनि यातायात चलिरहेको छ ।
No comments:
Post a Comment